अन्तर्राष्ट्रिय

बार्सिलोनाका पूर्व प्रमुख न्यायाधीशसमक्ष पेश भएपछि रिहा

१९ फागुन, काठमाडौं । बार्सिलोनाका पूर्व राष्ट्रपति जोसेप मारिया बार्टोमेउ र उनका पूर्व सल्लाहकार जौमे मासेफरलाई गत वर्षको ‘वार्षागेट प्रकरण’ पछि पहिलोपटक न्यायाधीस समक्ष पुर्पक्षका लागि उपस्थित गराएपछि मंगलबार रिहा गरिएको स्पेनको एक अदालतले जनाएको छ ।

बार्सिलोना अदालतले एक विज्ञप्ति जारी गरी भनेको छ, “सोमबार पक्राउ परेका यी दुई व्यक्तिले अदालतमा उपस्थित गराइएपछि बोल्न नचाहेकोे अधिकार प्रयोग गरेका थिए । उनीहरूलाई न्यायाधीशले सशर्त रिहा गरेका हुन् ।

न्यायाधीशले प्रशासन र व्यापारिक भ्रष्टाचारको संदिग्ध अपराधको बारेमा २०२० को मेमा थालिएको अनुसन्धानको एक भागको रूपमा उनीहरूलाई प्रश्न सोध्ने प्रयास गरेको बताइएको छ ।

बार्सिलोनाको स्टेडियमको खोजीमा संलग्न क्लबका अन्य दुई अधिकारी पनि पक्राउ परेका थिए । क्लबका वर्तमान प्रमुख कार्यकारी ओस्कर जिराउ र कानूनी सेवा प्रमुख रोमा गोमेज पोन्तीलाई सोमबार ढिलो रिहा गरिएको थियो ।