बाग्मती

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

१८ फागुन, काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ ।
बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको आज अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित निवासमा निधन भएको हो । मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका केन्द्रीय सदस्यलगायत जिल्लाका नेता कार्यकर्ता निवासस्थान पुगेका छन् । पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुन् ।