पु.समाचार

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद छन्ः महेश बस्नेत

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाए । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल दाहालसमूहलाई सुझाव दिए ।