सामाजिक सञ्जाल

डा भट्टराईको प्रस्तावः भारत/चीन/अमेरिकासँगकाे सहमतीमा नयाँ चुनावी सरकार बनाऔं

१८ फागुन, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भूराजनीतिलाई ध्यान दिंदै मुख्यतस् भारतरचीनरअमेरिकासंग असल सम्बन्ध बनाउन अपील गरेका छन् । अध्यक्ष भट्टराईले ०६५/६६ पछिको सम्झौताले मुलुकको राजनीति बिग्रीएको भन्दै चुनावी सरकार सहमतीमा निर्माण गर्न मागसमेत गरेका छन् ।
पाँचवटा प्रस्तावसहित उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो। यसो गरौं नः १.ऐलेको समस्याको जरो०६५र६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौंः!
अ)TRCलगायत शान्तिप्रक्रियाका बॉकी काम पूरागरौंः आ) सहमतिले संविधान संशोधन गरौंः इ) संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅःई) समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौंःउ.विश्वरछिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यतः भारतरचीनरअमेरिकासंग असल सम्बन्ध बनाऊॅ!’