राजनीति

देश बनाउने नै हो भने राजा, बिप्लप र सबै दल एकै ठाउँ बसेर बनाऔंः अध्यक्ष थापा

१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा, बिप्लप नेकपा र सबै दलहरु मिलेर सर्वपक्षीय सम्मेलनको माग गरेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले बिप्लपसँग वार्ता गरेको प्रयास र बनाएको वार्ता समितिको स्वागत गर्दै अध्यक्ष थापाले यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ भन्ने सार्बजनिक आह्वान गरेका छन् । अध्यक्ष थापाले राजासहितको व्यवस्थाको लागि सोच्नुपर्ने बारम्बार बताईरहेका बेला सरकारले वार्ता टोली बनाएपछि राजा अटाउने स्थान खोज्ने प्रस्ताव गरेका छन् ।
अध्यक्ष थापको ट्वीटः नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ !