सामाजिक सञ्जाल

सयौं नेकपालगायतका नेता/कार्यकर्तालाई काँग्रेस प्रवेश गराउँदै गगनले भने, ‘प्रधानमन्त्री लुते’

१८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले आफ्नो सुरक्षा गर्न पनि नसक्ने प्रधानमन्त्री नेपाली जनतालाई नचाहिने बताएका छन् । सर्लाहीको नेपाली काँग्रेसमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीका लागि बालुवाटारस्थीत निवासमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी भएपनि आफू अशुरक्षीत भएको भनेर अभिब्यक्ती दिने प्रधानमन्त्री लुते भएको भन्दै त्यस्ता प्रधानमन्त्रीलाई अब केह्ी दिनभित्र बिदाई गर्न संसदले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
नेता थापाले सयौं नेकपा लगायतका नेता कार्यकर्तालाई नेपाली काँग्रेस प्रवेश गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सुरक्षाको कुरा गरेर राजनीतिक इतिहासमै लाजमर्दो कुरा गरेको बताएका थिए ।