आर्थिक

मोलुङ्ग हाइड्रोपावरको साधारण शेयर निष्काशन सम्झौता

१७ फागुन काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन,काठमाण्डौं (आयोजना स्थलओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने १०० अकिंत दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८,०२,५०० कित्ता शेयर समेत) कित्ता निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीचमोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाण्डौमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति चैत १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । माघ २५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारण सभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । उक्त निर्णय पश्चातशेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६प्रतिशत अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४ प्रतिशत अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने जानकारी गराइयो ।

.