पु.समाचार

बिप्लपसंगकाे वार्तामा संसदीय शासन भित्र रहि समाधानमा पुग्न काँग्रेसको आग्रह

१८ फागुन, काठमाडौं । नेपाली काँग्रेसले सरकारद्वारा प्रतिबन्धीत नेकपा बिप्लव समूहसंग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको समिति बनाएकोलाई स्वागत गर्दै सकारात्मक भएको प्रतिकृया दिएको छ ।
उक्त पार्टीका प्रवक्ता बिश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको भन्दै ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् ।
उनले नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको बताएका छन् ।

सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको प्रवक्ता शर्माले बताएका छन्।