पु.समाचार

राप्रपा अध्यक्षत्रय बौठकले बैसाखमा सम्पन्न हुने महाधिवेशनका लागि बनायो समिति

१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो बैसाखमा सम्पन्न हुन लागेको महाधिवेशनका लागि समिति गठन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षबाट पार्टीको विधान बमोजिम आगामी आउँदो बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशन तथा स्थानीय तहहरुको निर्वाचन सम्पन्न गर्न पार्टी नेता हरि बहादुर वस्नेतको अध्यक्षतामा निम्नानुसार केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ ।
नबगठीत समितिमा अध्यक्ष हरि बहादुर वस्नेत, सह–अध्यक्ष तोरण बहादुर गुरुङ, सचिब प्रा. डा. गिताभक्त जोशी, झनक प्याकुरेल, रोशन कार्की, वरिष्ठ अधिवक्ता राजु वस्नेत, कैंया चौधरी, श्याम बहादुर शाही, पुष्कर अधिकारी, रामेश्वर श्रेष्ठ रहेका छन् ।