प्रदेश 1

ताप्लेजुङ्गको दोभान बजारमा भीषण आगालागीः नियन्त्रणको प्रयास जारी

१८ फागुन, काठमाडौं । ताप्लेजुङ्गको दोभान बजारमा भीषण रुपमा आगलागी भएको छ । सदरमुकाम फुङ्गलिङ्ग बजार नजिकै रहेको दोभान बजारमा आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट कम्तीमा १५ घर जलेको अनुमान गरिएपनि बिस्तृत विवरण प्राप्त भईसकेको छैन । त्यहाँ स्थानीयले आगो निभाउने प्रयास गरिरहेको जनाईएको छ ।

भने दमकल घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ । साथै आगो के कारणले लाग्यो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ ।