राजनीति

गोकुल बाँस्कोटा भन्छन्ः कम्फरटेबल पार्टीले राष्ट्रपतिबिरुद्ध महाअभियोगको तयारी गर्दैछन् रे

१८ फागुन, काठमाडौं । पुर्व मन्त्री तथा नेकपा ओली समुहका नेता गोकुल बाँस्कोटाले नेपाल कम्फरटेबल पार्टीले राष्ट्रपतिबिरुद्ध महाअभियोगको तयारी गर्दैछन् रे भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता बाँकस्कोटाले नेपाल कम्फरटेबल पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए सम्म सदन चल्न नदिने तयारीमा लागेको समेत दाबी गरेका छन् ।

नेकपाकाे दाहाल-नेपाल समुहतर्फ ईंगीत गर्दै नेता बाँस्कोटाले राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गरेको पनि दारी गरेका छन् ।

उनले अगाडी भनेका छन्ः झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे । लौन प्रभु १ मिलाई देऊ ।

उनको ट्वीटः नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे१झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे । लौन प्रभु १ मिलाई देऊ ।