पु.समाचार

कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्यमा समस्याः नर्भिक अस्पताल भर्ना

१८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपनि नेता श्रेष्ठलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

नेता श्रेष्ठको स्वास्थ्यलाई लिएर कांग्रेसका बिभिन्न नेताहरुले स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यस्तै केहिदिन अघि कांग्रेसका अर्का नेता तथा पुर्वमन्त्री नवीन्द्रराज जोशिलाई पनि मस्तिष्कघात भएको थियो । उनको अहिले नर्भिकमा उपचार जारी छ भने स्वास्थ्यअवस्थामा क्रमीत सुधार हुँदै गएको छ ।