राजनीति

एकअर्काको कछाड तानातान र हानाहानले राम्रो हुँदैनः डा.भण्डारी

१८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले नेकपामा जारी द्वन्दलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता भण्डारीले एकअर्काको कछाड तानातान र हानाहानले राम्रो नहुने बताएका छन् । नेकपाको दुई समुहबीचको झगडातर्फ ईंगीत गर्दै एकअर्काको कछाड तानातान र शब्दबाण र हानाहानले नत देश, न जनता र न नर्तकहरुले केही पनि नपाउने बताएका छन् ।

उनले छिमेकमा आगोलागे पछी आफ्नो घरमा पनि आगो लाग्ने भन्दै त्यसको लागि सर्तक त आफु नै हुने बताएका हुन् । जति दोन्द बढदै जान्छ खेल्ने मैदान बढ्दै जाने भन्दै हेरेक निर्णय गर्ने आधार विधी भएको बताए ।

उनले अगाडी भनेका छन् कमरेडहरु धेरै नाटक नदेखाउ । नेता भण्डारीले सत्ता केन्द्रित र प्रतिक्रियावादी राजनीतिक चिन्तनले विचार र कर्मलाई कमजोर बनाउने भन्दै त्यस्तो राजनीतिले हामीलाई कहाँ पुर्‍याउँ छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनको स्टाटसः सत्ता केन्द्रित र प्रतिक्रियावादी राजनीतिक चिन्तनले विचार र कर्मलाई कमजोर बनाउछ त्यस्तो राजनीतिले हामीलाई कहाँ पुर्‍याउँ छ ? एकअर्काको कछाड तानातान र शब्दबाण र हानाहानले नत देश, न जनता र न नर्तकहरुले केही पाउने हो ? छिमेकमा आगोलागे पछी आफ्नो घरमा पनि आगोलाग्छ । त्यसको लागि सर्तक त आफु नै हुनेहो । “ जति दोन्द बढदै जान्छ खेल्ने मैदान बढ्दै जान्छ ।” हेरेक निर्णय गर्ने आधार विधी हो । कमरेडहरु धेरै नाटक नदेखाउ !!!