सामाजिक सञ्जाल

ओलीलाई जति धेरै उद्घाटन गर्याे उति ठूलो शासक भइन्छ भन्ने लागेको बुझियोः संग्रौला

१८ फागुन, काठमाडौं । वुद्धिजिवि तथा साहित्यकार खगेन्द्र संग्रोलाले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा आयोजनाहरुको उद्घाटनमा दिएको तिब्रतालाई लिएर आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले ओलिलाई जति धेरै उद्घाटन गय्रो उति ठूलो शासक भइन्छ भन्ने लागेको बुझिएको बताएका छन् ।

उनले मेरो टोलमा नवनिर्मित सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा छ । यो धर्मभीरू ओली सरले पवित्र र पूज्य मानेको पाशुपत क्षेत्रको शौचालय हो । लौ न पहुँच हुने कसैबाट ओली सरसमक्ष अनुरोध गरिपाऊँ भन्दै व्यंग्य समेत गरेका छन् ।

उनको ट्वीटः प्रम ओलीलीलाई जति धेरै उद्घाटन गय्रो उति ठूलो शासक भइन्छ भन्ने लागेको बुझियो । मेरो टोलमा नवनिर्मित सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा छ । यो धर्मभीरू ओली सरले पवित्र र पूज्य मानेको पाशुपत क्षेत्रको शौचालय हो । लौ न पहुँच हुने कसैबाट ओली सरसमक्ष अनुरोध गरिपाऊँ ।