पु.समाचार

राप्रपाले पारीत गर्यो बैसाखको अधिवेशनका लागि निर्वाचन निर्देशिका

१७ फागुन, काठमाडौं । राप्रपाले अधिवेशनको कार्यतालीका सार्बजनिक गरेको छ । राप्रपाले एक बिज्ञप्ती जारी गर्दै भनेको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको आज सम्पन्न केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
१. राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७८ बैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरियो । जस अन्तर्गतः
क) जिल्ला निर्वाचन समितिको गठन २०७७ फागुन २५ भित्र गरिसक्ने ।
ख) सक्रिय सदस्यता वितरण अभियान लाई २०७७ चैत १५ सम्म म्याद थप गर्ने ।
ग) वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने ।
घ) महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन २०७८ बैशाख १० भित्र सम्पन्न गर्ने ।
२. समायोजन गर्न बाँकी रहेका केही जिल्लाहरुको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिबालय प्रमुखद्वय ध्रुव बहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति गठन गरि जिम्मेवारी दिइएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रिय निर्वाचन समिति सम्बन्धि निर्देशिका

राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न तहका कार्यसमितिहरु तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि र केन्द्रिय कार्यसमितिकोे निर्वाचन स्वतन्त्र, निष्पक्ष र व्यवस्थित ढंगले संचालन गर्न पार्टी विधानको दफा ५० बमोजिम केन्द्रिय निर्वाचन समिति गठन गरिएको छ । केन्द्रिय निर्वाचन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः

१० जिल्लाहरुमा गठन भएका जिल्ला निर्वाचन समितिहरु मार्फत पार्टीको वडा, गांउपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहका कार्यसमितिहरुकोे निर्वाचन स्वतन्त्र, निष्पक्ष र व्यवस्थितरुपमा सम्पन्न गर्नेछ,

२० उपरोक्त बमोजिम निर्वाचन सम्पन्न गर्न जिल्लाहरुमा गठन भएका जिल्ला निर्वाचन समितिलाई आबश्यक नीति निर्देशन दिनेछ ।

३० २०७७ साल चैत मसान्त भित्र वडा, गांउपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहका कार्यसमितिहरुको निर्वाचन सम्पन्न गर्नेछ ।

४० पार्टी विधान धारा ५०९ग० बमोजिम तल्लो तहको ५०९पचास० प्रतिशत भन्दा बढी कार्यसमितिहरु गठन भएमा त्यसभन्दा माथिल्लो तहको कार्यसमिति गठन गर्न सकिने छ । गांउ कार्यसमितिको हकमा भने यो प्रावधान लागु हुने छैन । अर्थात, ५०९पचास० प्रतिशत वडामा समिति गठन नभएको अवस्थामा पनि गांउ कार्यसमिति गठन गर्न सकिने छ ।

५० केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन सम्बन्धित प्रदेशसभा भित्रका सक्रिय सदस्यहरु मध्यबाट हुने भएकोले आगामि २०७७ चैत १५ सम्म सक्रिय सदस्य बनेका सदस्यहरु मतदानमा सहभागि हुन सक्ने छन् ।

६० केन्द्रिय निर्वाचन समितिले सक्रिय सदस्यता फारम जिल्ला कार्यसमिति मार्फत सम्पूर्ण वडा, गांउपालिका र नगरपालिकामा पुगे नपुगेको अनुगमन गर्नेछ । कतै नपुगेको भए तत्काल सम्बन्धित तहमा पुराउन निर्वाचन समितिले केन्द्रिय सचिवालय वा अन्य निकायलाई निर्देशन दिन सक्ने छ ।

७० कुनै तहमा सक्रिय सदस्य फारम नपुगेको भए केन्द्रिय निर्वाचन समितिले आफैले समेत सम्बन्धि तहलाई फारम उपलव्ध गराउन सक्ने छ ।

८० पार्टीको विधान बमोजिम योग्यता पुगेको कसैले पनि सक्रिय सदस्य बन्नबाट वंचित नहोस् भनि केन्द्रिय निर्वाचन समितिले सुनिश्चित गर्नु पर्नेछ ।

९० जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको निमित्त केन्द्रिय निर्वाचन समितिले पर्यवेक्षक खटाउन सक्नेछ ।

१०० कुनै पनि तहको निर्वाचनमा कुनै विवाद सिर्जना भएमा त्यसको निराकरण गर्ने जिम्मेवारी केन्द्रिय निर्वाचन समितिको हुनेछ ।

११० केन्द्रिय निर्वाचन समितिले सक्रिय सदस्यहरुको अभिलेख राखि प्रदेशसभा निर्वाचन क्षेत्रको आधारमा मतदाता नामावली तयार गर्नु पर्नेछ ।

१२० उपरोक्त बमोजिम प्रदेशसभा निर्वाचन क्षेत्रगत आधारमा तयार गरिने मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन समितिलाई उपलव्ध गराउनु पर्नेछ ।

१३० निर्वाचन स्वतन्त्र, निष्पक्ष र व्यवस्थित रुपमा सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिले आवश्यक कार्यविधि बनाई कार्यन्वयन गर्नेछ ।

१४० निर्धारित कार्यतालिका र समय सिमा भित्र विभिन्न तहका निर्वाचनहरु सम्पन्न गर्नु गराउनु केन्द्रिय निर्वाचन समितिको कर्तव्य हुनेछ । कार्यतालिका र समय सिमा बमोजिम स्थानिय तहबाट काम भए नभएको केन्द्रिय निर्वाचन समितिले निरन्तर अनुगमन र निगरानी गर्नु पर्नेछ ।

१५० निर्वाचन समितिलाई पार्टीका त्रय अध्यक्ष, सचिवालय र अन्य निकायले आबश्यक सहयोग उपलव्ध गराउने छ ।

१६० विभिन्न तहका कार्यसमिति र महधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका देहाय बमोजिम हुनेछ ः
क० वडा देखि जिल्ला तहसम्मको कार्यसमितिको निर्वाचन ¬– २०७७ चैत मसान्त भित्र
९ख० सक्रिय सदस्यता वितरण अवधि – २०७७ चैत १५ सम्म
९ग० महाधिवेशन प्रतिनिधि निर्वाचन – २०७८ बैशाख १० भित्र
९घ० प्रदेश कार्यसमिति निर्वाचन – २०७८ बैशाख १५ भित्र