आर्थिक

सानिमा बैंक काठमाडौंको कीर्तिपूरमा

१७ फागुन, काडमाडाैं । सानिमा बैंक लिमिटेडल फाल्गुन १७ गते काठमाडाैंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो ।
समुद्घाटन् समारोहमा मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको सातै प्रदेशमाहाल ८६ वटा शाखा, १७विस्तारित काउन्टरर ९३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।