समाचार

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह

१७ पफागुन, काठमाडौँ । पाटनकलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रोदिक्षान्त समारोह यहिफाल्गुन १७गते राजधानीस्थितहोटेल काठमाडौँ म्यरिओट माआयोजना गरेको छ। योकलेज बेलायतस्थितप्रशिद्धबेडफर्डशाईर विश्वविद्यालयसंग आवद्ध छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिबिएबिषय संग सम्बन्धितकूल६४जनाविद्यार्थीहरुले स्नातकतहउत्तीर्ण गरेको प्रमाणपत्रप्राप्त गरेकाथिए। उक्तकार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीश्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए । साथै शिक्षा ऐनको संसोधनगरि आधुनिक शिक्षा प्रणालिको बिकास गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारि गराए ।

यसैगरि समारोहम ाएलबिइएफ ग्रुपका अफइन्स्टिट्युसनका अध्यक्षपंक जजालानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थामा उभ्याउन सफलभएको बताए । “नेपाली विद्यार्थीहरु नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ,“वहाँले थपे ।

समारोहमा अर्का वक्ताकाठमान्डू विश्वबिद्यालयका उपकुलपति प्रा. डा.भोलाथापाले स्नातकतहउत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वलभविष्यको कामनागर्दै उनीहरुको शैक्षिक उपलब्धि प्रति आफु गौरवान्वित भएको बताए ।

समारोहका बिशेष अतिथि एवं एनबिसीसीआइका अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलिकार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामनागर्न सक्ने बिश्वास व्यक्तगरे । यससंगै दिक्षित बिध्यार्थी हरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गरे ।

कार्यक्रममा एलबिइएफ ग्रुपका अफइन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाशकुमार केजरिवालले स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उन्निर्ण बिद्यार्थीहरु प्रति खुसी व्यक्त गर्दै आफुलाई गौरव लागेको बताए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञानएवं सफ्टवेयर इन्जिनेरिंग र बिजनेस एडमिनिस्ट्रेसन् बिषयहरुला स्नातकतहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि संग साझेदारी गरि इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।