प्रदेश 1

दुहबी नगरपालिका र एन्फा बिच फुटबल एकेडेमी बन्ने सम्झौता सम्पन्न

१७ फागुन, दुहबी। सुनसरी को दुहबी नगरपालिका र अखिल नेपाल फुटबल संघ बिच फुटबल टेक्निकल सेन्टर निर्माणका लागि जग्गा हस्तान्तरण तथा सम्झौता पत्रमा दोहोरो हस्ताक्षर सम्पन्न भएको छ।
आज एक कार्यक्रमका बीच दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र एन्फा केन्द्रीय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बीच दुहबी नगरपालिका को सभाहलमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख गच्छदारले यो फुटबल एकेडेमी दुहबिको मात्रै नभै सिङ्गो १ नम्बर प्रदेशको गौरब भएको बताए। फुटबल खेलाडी हरु परम्परागत शैलिमा नभै अब प्रबिधिमैत्री हुनुपर्ने मा जोड दिदै आगामी दिनमा फुटबल खेलाडीलाई ब्यावसायिक बनाउन आफुले सक्दो सहयोग गर्ने बताए।गच्छदारले छिट्टै फुटबल प्रशिक्षण का लागि अब्बल प्रक्षिक्षक तालिम समेतको ब्यावस्था गर्ने वचन बद्दता जनाए।
दुहबी वडा नम्बर ७ मा निर्माण हुने उक्त फुटबल एकेडेमी का लागि गच्छदारले केही समय अगाडि ३ बिगाह ५ कठ्ठा जग्गा उपलब्ध गराएका थिए। प्रदेश १ अन्तर्गत जम्मा दुई एकेडेमी बन्ने भएतापनि जिल्लाकै पहिलो प्रार्थमिकतामा दुहबी ले उक्त अवसर पाएको मा एन्फा लगायत नगरबासिमा हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष शेर्पाले रङ्गशाला भन्दा एकेडेमी अत्यावश्यक रहेको र उक्त अवसर दुहबी नगर प्रमुख गच्छदार को पहलमा निर्माण गर्ने सौभाग्य पाएको मा फौरब गरेका थिए।एन्फा र नगरपालिका संघ बिच सम्झौता भए अनुरुप अब छिट्टै अन्तर नगरपालिका अस्तरिय मेयर कप र पालिका स्तरिय उपमेयरकप फुट्बल खेल सन्चालन हुने बिस्वस्त पारे। क्लब स्तरिय खेल गराइ फुटबल खेल जगत लाई अन्तरास्ट्रिय स्तरमा स्थापित गराएरै छाड्ने र उत्तम खेलाडी उर्भर भुमी दुहबी लाई अन्तरास्ट्रिय खेल को माध्यमले ब्यावसायिक पहिचान स्थापित गर्ने सुझाउदै शेर्पा ले गच्छदार को यस्मा अहम भुमिका रहने भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रम मा बोल्दै उपमेयर सुनिता दाहाल साहले फुट्बल खेलले युवाहरुको स्वास्थ्य मात्रै नभै नगरको आर्थिक बिकासमा अहम भुमिका हुनेमा जोड् दिइन्।