राजनीति

सर्बोच्चले ओलीलाई हराएर ठूलै सेटिङ भत्काईदियो, फेरि अर्को सेटिङ भत्किदैछः अध्यक्ष दहाल

१७ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री केपी शर्मा ओली पहा झैं पछारिएको बताएका छन् । उनले पेशागत महासंघ नेपाल र राष्ट्रिय कर्मचारी महासंघबीचको एकता कार्यक्रममा बोल्दै सर्बोच्च अदालतको फैसलाले ठूलै सेटिङ भत्किएको भन्दै आफूहरुको जीत भएको जिकिर गरेका छन् ।
अध्यक्ष दहालले छिट्टै नेकपाको आधिकारिकता आफूहरुलाई दिएपछि अर्को ठूलो सेटिङ पनि भत्किने दाबीसहित उनले सर्बोच्चले हराएर पछारिए पनि हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो ? भन्दै प्रश्न गरेका छन् ।