राजनीति

मलाई आफ्नै पार्टीको सरकारबाट हटाउन खोज्ने माधव/प्रचण्ड/झलनाथ हुन् तर सक्दैनन्ः प्रधानमन्त्री

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दहाल–नेपाल समूहले नेपाल र नेपाली जनताको भन्दा पनि कम्फरटेवल सरकार बनाएर देश बर्बाद बनाउने दिशामा मुलुकलाई लान खोजेको आरोप लगाएका छन् ।
आज पोखरामा आफ्ना पक्षीय नेता कार्यकर्ताहरुसँगको भेलामा बोल्दै पार्टी कब्जा गर्ने, देश बर्बाद बनाउने कम्फर्टेबल सरकार बनाउन लागिपरेको आरोप लगाउँदै भने, ‘उहाँहरुलाई देश बनाउने, जनतालाई सेवा गर्ने सरकार हैन, पूर्वाधार विकास गर्ने सरकार हैन, कसैका लागि कम्फर्टेबल सरकार बनाउने चाहिएको छ ।’
आईतबारमात्र झापामा भएको ३१ वटा पुलको उद्घाटनमा बोल्दै आफ्नो सरकार हटाउन चेतावनी दिएका प्रधानमन्त्ती ओलीले आज सरकार डेढ बर्ष प्रतिपक्षमा बसेपनि त्यसपछि हुने निर्बाचनबाट दुईतिहाई ल्याएर जनताको मन जित्न सक्ने दाबी गरे । उनले प्रधानमन्त्रीबाट हटाउन आजपनि संसदमा फेस गर्न चुनौती दिँदै भने, ‘“हामी सुखी नेपाली, समृद्ध नेपालमा अडिग छौँ । अघिल्लोपटक पनि उहाँहरूले मलाई प्रधानमन्त्रीबाट हटाउनुभएको हो । हटाउने उनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । एउटै पार्टीमा बसेर पनि मलाई हटाइहाल्नुपर्छ भनेर लाग्नुभयो ।’
पौष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद बिघटनपछि परेका निबेदनमा सर्बोच्च अदालतले असंबैधानिक ठहर गर्दै संसद पुनःबहाली गरेपछि अध्यक्ष दहाल र ओली पक्षीय नेकपाकाबीच भनाभनका श्रृंखला चलिरहेका बेला गण्डकी प्रदेशमा प्रधानमन्त्री ओली अध्यक्ष दहालपक्षको बिरुद्धमा खनिएका छन् । उनले आफुलाई हटाउन नसक्नेसमेत दाबी गरे ।