समाचार

राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

१७ फागुन, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।
नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।