पु.समाचार

दाहाल-नेपाल समुहले गर्यो स्थायी र केन्द्रिय कमिटी बैठक छिट्टै बोलाउने निर्णय

१७ फागुन, काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समुहले स्थायी कमिटि र केन्द्रिय कमिटिको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । तर उक्त समुहले दुबै बैठकको मिति तोकेको छैन ।

आज बिहान बसेको उक्त समुहको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न स्थायी कमिटि र केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिएका छन् ।

साथै आजको बैठकले पार्टीको आधिकारीकता सम्बन्धी पेष गरिएको दाबीबारे छिटो–भन्दा छिटो निर्णय गर्नपनि निवार्चन आयोगलाई अनुरोध गरेको छ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा अर्का समुहका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देश गुरुङलाई हटाएको बिषयमा पनि छलफल गरेको थियो ।