विचार/ब्लग

आई लभ यू माईक्रो फोन…

शोभा रावत/माईक्रो फोनसंग मेरो पहिलो प्रेम, हो सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ, तर बास्तविक यहि हो । सायद सञ्चारको यो दुनियाँमा रहरले पाईला टेक्नेहरु जतिपनि हुनुहुन्छ उहाँहरुले बुझ्न सक्नुहुन्छ माईक्रो फोनसंगको मेरो प्रेमलाई । बाँकी सञ्चार क्षेत्रदेखी टाढा हुनेहरु वा बाध्यताले यो दुनियाँमा पाईला राख्नेहरु सायद बुझ्नुहुन्न । र अनौठो पनि मान्नुहुन्छ होला कि कसैको पहिलो प्रेम एउटा माईक्रोफोन कसरी बन्नसक्दछ भनेर । तपाई हर–कोहिको मनमा बिभिन्न खालका जिज्ञासा तथा प्रश्नहरु उब्जिएका छन् होला । कतिपयले भन्न सक्नुहुन्छ होईन यो झुट बोल्दैछ भनेर । तर मेरो जिवनको पहिलो प्रेम भनेको त्यहि माईक्रोफोन नै थियो ।
जस्को प्रेमबाट उम्कन वा आफुलाई छुट्कारा दिलाउन म संधै असफल भएँ । र जिवनको अन्तरालसम्म पनि सायद माईक्रोफोनदेखी टाढा रहन पनि सक्दिन सायद । रहरले भनु या बाध्यताले त्यो माईक्रोफोनसंगको दुरी बढाउन म असमर्थ भईरहेको छु । रहरले रोजेको त्यो माईक्रोफोन मेरो जिवनको एक हिस्सा जस्तै बनिदिएको छ । अहिले आएर माईक्रोफोनको साथ रोज्नुको बिकल्पपनि त छैन मसंग ।
मलाई लाग्छ उस्को र मेरो त्यो सम्बन्ध त्यति सजिलै तोडिने छैन । म, मा सायद उसको यस्तो नसा बस्यो कि जस्तो कुनै लागुपदार्थ वा कुनै लतमा फसेको मान्छे त्यहाँबाट उम्कन चाहेर पनि सकिरहेको हुँदैन । उस्लाई त्यो नसादेखी छुट्कारा पाउन कि त सुधार केन्द्रमा लानुपर्छ, या त उस्को अन्त्येष्टि नै हुनुपर्छ । होईन भने त्यो नसाले उसको साथ कहिलै छाड्ने छैन र अन्तमा जिवन नै वर्वाद हुने छ ।
हो कुनै पनि कुरा, चिज, वस्तु वा मान्छेसंग लत बस्नु वा प्रेम हुनु फरक कुरा पनि हुन सक्छ । लत बसेको कुरालाई कुनै पनि बहानामा हामी छुटाउन पनि सक्छौं तर प्रेम भनेको यस्तो भावना हो जोसंग टाढा भएपनि उस्को मायाँ कहिलै टाढा हुँदैन । यो सारा संसार नै एउटा मायाँ जाल हो जहाँ माया, ममता वा प्रेम बिना टिक्न सक्दैन वा मायाँ, मोहदेखी अछुतो कोहिपनि रहनसक्दैन भन्ने कुराहरुले हामीले सुन्दै आएका पनि छौं र सुनेको कुरा सही हो भन्नेमा म बिश्वास गर्दछु ।
मायाँ भन्ने बित्तिकै एउटा प्रमी–प्रेमीका बिचको मात्रै होईन आमाको छोराप्रति, बाबुको छोरी प्रति, दाई–भाईको मायाँ, ददिी–बहिनी र कोही पनि सम्बन्ध बिना मायाँ टिकेको हुँदैन । हो तिमीसंग मेरो त्यस्तै गहिरो नाता जोडिएको छ, जस्लाई म सजिलै भुल्न र तोड्न चाहेर पनि सक्दैन ।
तिम्रो त्यो स्पर्शले म सारा दुनियाँलाई पनि भुलाईदिन सक्दछु हो त्यस्तो आभास हुन्थ्यो कहिले काँही त । जब माईक्रोफोन कानमा लगाएर कुनै एउटा एफएममा बोल्न थाल्दछु लाग्दछ सायद म संसारकै भाग्यमानि व्यक्ति मध्ये एक व्यक्ति हुँ । तर आमा बुवाको नजरमा होस् या अन्य कसैको नजरमा तिम्रो त्यो मायाँले म बर्बाद भएको पनि हुन सक्छु । आज मसंग संगै पढेका साथिहरु कोहि सरकारी स्कुलमा शिक्षक, कोहि सरकारी कार्यालयका कर्मचारी होलान् तर म आज एउटा प्राईभेट कार्यालयमै सिमित छु तर पनि म खुशी छु यो भन्दा सायद तपाई मलाई कस्तो मुर्ख केटी रहिछ सोच्नुहुन्छ होला, त्यससँग मलाई मत्लव छैन ।
भन्नेले त त्यतिबेला पनि भनेका थिए माईक्रोफोन यस्तो नसा हो यो यस्को सेवन नगर छुटाउन गाह्रो हुनेछ र अन्तमा रहरले गाँसेको सम्बन्ध बाध्यताले पनि छुटाउन सक्दिन । हो त्यो कुराहरुले मलाई त्यतिबेला छोएको थिएन पनि । त्यो माईक्रोफोनसंग यति धेरै मायाँ बस्यो कि पत्तै भएन । सायद मेरो पहिलो प्रेम मेरो आमा हुनुहुन्थ्यो तर म सोच्दथे मेरो जिवनको पहिलो प्रेम त्यो माईक्रो फोन थियो ।
जसलाई पाउन, जसको स्पर्श लिन म यति आतुर हुन्थे कि एक हप्ता बिताउन पनि मलाई एक महिना झैं लाग्ने गर्दथ्यो । यस्तो लाग्दथ्यो कि म त्यो माईक्रोफोनबिना अधुरो थिए, अपुरो थिएँ । उस्को स्पर्शले मनमा एउटा छुट्टै खालको प्रेम जगाउने गर्दथ्योे ।
भनिन्छ नि हरेक कुराको राम्रो र नराम्रो दुबै पक्ष हुन्छ । त्यतिमात्र फरक हो कुन पक्षलाई अंगिकार गर्दा हाम्रो जिवन सफल, सबल र सक्षम बन्छ भन्ने कुरामा पनि जोड दिन जरुरी छ । माईक्रोफोनले गर्दा आफ्नो छुट्टै व्यक्तिगत जिवन जस्तै शैक्षिक, आर्थिकदेखी लिएर हरेक कुरामा पनि ध्यान दिन जरुरी हो भन्ने मैले बुझ्ने मौका पाएँ । मैले सबै कुरा बुझने मौका पाएको माईक्रोफोनले प्रेमको परिभाषा बुझाउन सहयोग गर्ने प्रेमीले जितभन्दा पनि बढी सिकायो, मायाँमा पागल भएर जिवन वर्वाद गर्ने पागल प्रेमीको झैं अवस्था नआउला भन्न सकिँदैन ।
त्यहि माईक्रो फोन जस्ले समाजमा पिछडीएका, पिल्सिएर रहेका, बिभिन्न अन्यायमा परेका दुर–दराज र बिकटठाउँका ति वर्गको पनि प्रतिनिधित्व गर्ने भएर हो कि उ प्रति मेरो छुट्टैखालको लगाव वा ईज्जत पनि थियो र छ । यतिमात्रै होईन हरेक म जस्तै माईक्रोफोन पे्रमीहरुलाई आफ्नो मनका भावना अन्तरंग गर्ने माध्यम पनि थियो र छ । आफुमा भएको कलाप्रस्तुत गर्ने माध्यम पनि होे माइक्रोफोन । यो सञ्चारमाधयमको दुनियाँमा सबैले रहरले पाईला टेक्दछन् र बाध्यताले बाटो फेर्न बाध्य हुन्छन्, कारण आर्थिक अवस्था । अनि अर्कोतर्फ संचारमाद्यममा बिनान अनुभव प्रवेश गरेका कतिपय पत्रकारहरुले गलत समाचार हाल्नाले संचारमाद्यमकै कतिपय बदनामसमेत भएको छ, त्यो कुराबाट ब्यवस्थापनलाई क्षती पुगेको छ। संचामरकर्मीमात्र ठीक संचारमाद्यम गलत भन्ने सोचाईबाट पनि मुक्त हुन जरुरी छ, बैज्ञानिक ढंगले सोच्नुपर्छ । प्रममान बिछोड भएमा दुबैपक्षको कमजोरी हुन्छ मात्र एक पक्षको बढी र अर्कोपक्षको कम गल्ती हुन सक्छ त्यो फरक कुरा हो ।
राष्ट्रको चौथो अंग भनेर परिभाषित गरिने सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी, पत्रकार, प्राविधिक लगायतको दैनिकी गुजारा गर्न निकै सकस पर्ने तमाम उदाहरणहरु पनि हामीले देखेकै छौं । मुलुकमा च्याउजस्तै उम्रिएका सञ्चारमाध्यमहरु पहिलो बिज्ञापनको अभाव, बिज्ञापन उपलब्ध भएपनि सञ्चारमाध्यममा काम गर्ने कर्मचारीमा श्रम शोषण गर्ने मालिकी प्रवृतिले धेरैको जिवन अन्धकार नै बनेको छ । यस्मा न त नेपाल सरकारले केहि सहयोग गर्न सकेको छ न त कुनै राजनीतिक दलले नै सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मीको हकहितमा हुने कुनै काम नै गरेका छन् ।
सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी या पत्रकार वा अन्य कर्मचारीका लागि बाँच्नसक्ने आधार सरकारले तयार गरिदिन अमवश्यक छ । अन्यथा कुनै दिन सञ्चार माध्यममा काम गर्ने कर्मचारी खोजेर पनि पाउन नसकिने अवस्था आउला भन्न सकिँदैन र सञ्चारको दुनियाँमा पाईला राख्ने हर कोहीले आफु सक्षम, ईमान्दार र आफ्नो स्तर राम्रो बनाएर मात्रै पाईला राख्दा राम्रो हुनेछ ।
जेजस्ते सेवा सुबिधा भएपनि मेरो जीवन माईक्रोफोनले धानेको छ, मलाई अध्ययनका लागि, काठमाडौंमा दुःख गरेर बस्नका लागि माईक्रो फोनले सहयोग गरेको छ, मेरो असन्तुष्टीमात्र यति हो कि दिनभर माईक्रोफोन समातेर त्यति माया गरेपछि माईक्रोफोनले भबिश्यकामे ग्यारेन्टी गरोस । एउटा प्रमेले प्रेमीकालाई धोका दिएजसरी धोका नदिआचेस्, प्रमीले प्रमिकालाई जिन्दगीभरका लागि बिबाह गरेजसरी नै आजीवन जीउने वातावरण देओस् भन्दै समग्र जीम्मेवार सञ्चारजगतका व्यक्त्री तथा संस्थाहरुलाई मेरो आग्रहमात्र हो । जे भएपनि आई लभ यू माईक्रो फोन ।