अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

१७ फागुन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान खोल लगाएको बीबीसीले जनाएको छ ।

मोदीले भारतमै बनेको खोप लगाएका हुन् । मोदीले खोप लगाएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

यो उल्लेखनीय छ कि हाम्रा डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँ जित्‍नका लागि तीव्रगतिमा काम गरेका छन्,’ उनले ट्वीटरमा लेखेका छन् ।

मोदीले भारतमा खोप अभियान थालेदेखि आम सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्दै आएका छन् । जनतालाई विश्वास दिलाउनका लागि भए पनि उनी आफैँले खोप लगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।