पु.समाचार

प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज पोखरा जाँदै

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो ।

आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगे लगत्तै उनी आज पोखरा निस्कन लागेका हुन् ।

पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी ओलीले आजै प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्नेछन् । उनले पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिका समेत बनेको छ ।