राजनीति

निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको हो, अतिले खति गर्छः डा.भट्टराई

१७ फागु, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अतिले खति गर्छ भन्ने कटाक्ष पनि गरेका छन् ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ, जानेकोरसकेको गर भन्ने दम्भ र हठ प्रदर्शन गर्न नमिल्ने समेत बताएका छन् ।  हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको पनि उनको धारणा छ ।

डा. भट्टराईले बिगार्न जसले पनि सक्छ भन्दै सपार्ने पो नेता हो भन्ने आसय प्रकट गर्दै अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको भन्दै निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको भएको बताएका छन् ।

उनको ट्वीटः प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ, जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन । हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन । बिगार्न जसले पनि सक्छससपार्ने पो नेता !अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ ! निकास खोज्ने मुख्य जिम्मा प्रमको हो ! अतिले खति गर्छ !