राजनीति

नेपाल–दहाललाई काँग्रेस–समाजबादीले देखाईदिए, मलाई प्रधानमन्त्रीबाट हटाउन कसैले सक्दैनः प्रधानमन्त्री

१६ फागन, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबित्ररुद्ध अबिश्वासको प्रस्ताव सफल बनाएर देखाउन नेपाल–दहाल नेकपालाई चुनौती दिएका छन् ।
आज झापामा बिभिन्न कार्यक्रमको उद्घाटनका लागि गएका प्रधानमन्त्री ओलीले सर्बोच्च अदालतबाट संसद पुनःस्थापना गरेर जितेपनि आफ्ना बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता भएमा त्यसको सामना गरेर बिफल बनाईदिने दाबी गरे ।
प्रधानमन्त्री ओलीले नेपाल–दहाल समूह नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रहसहित भेट्न गएपनि प्रधानमन्त्रीका लागि सभापति देउवाले अश्वीकार गरेको भन्दै जनता समाजबादीले त झनै कुन पार्टीबाट तपाईहरु आउनुभएको भनेर हकारेर पठाएको बताए ।
अध्यक्ष ओलीले नेपाल–दहाल पक्षलाई संसद पुनःस्थापना हुनेबित्तिकै सरकार ढलिहाल्छ भनेर नसोच्न आग्रह गर्दै भने, ‘सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्‌मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनौती दिन्छु ।’
प्रधानमन्त्री ओलीले दृढ बिश्वासका साथ भने, ‘अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि १ झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।’
प्रधानमन्त्री ओलीले आफूले राजतन्त्र फालेदेखी, पञ्चायत फालेदेखी नै धेरै मेहेनत गरेको भन्दै सानातिना समस्याहरुले आफूलाई असर नपार्ने जिकिर गरे । आफू अबिश्वासको प्रस्ताव सामाना गरेर जाने दृढताका साथ हिँडेकाले यो सरकारलाई बिस्थापीत गर्न कसैले नसक्ने प्रधानमन्त्री ओलीको दाबी छ ।