पु.समाचार

अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

१६ फाल्गुन, काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादककम्पनीअम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबारका दिन नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्तकार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उज्च पद स्थव्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादनगरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादितटि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरकोHigh Ductility भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसलेँ Fe500D छड पनिउत्पादन गरी उपभोक्ता माझ पु¥याउदै आएको छ ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।
सम्मेलनमा उपस्थीत सम्पूर्णलाई सम्बोधनगर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भने, “यहाँहरुका मिहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरु प्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्नअझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्यहासिलगर्न हामीनिरन्तर लागि पर्नुपर्छ ।”