आर्थिक

मुक्तिनाथ विकास बैंकले नारी दिवसको अवसरमा ल्यायाे यस्ताे अफर

१६ फागुन, काठमाडौँ । मुक्तिनाथविकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा‘ नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत फागुन १६,२०७७ देखि फागुन२३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि (फागुन १६,२०७७ देखि फागुन २३ गते, २०७७ ) भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क DEMAT खातापनि बैंक मार्फतखोल्न सक्नु हुनेछ । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहनगर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितन भई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।