सामाजिक सञ्जाल

धनराज आक्रोशित हुँदैै भन्छन्, ‘तिमीलाई थाहै छ, लेण्डुपले जुवा खेल्यो’

१६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले सधैंभरि राजनीतिक बिकृति बिसंगतीका बिरुद्धमा झटारो हान्ने गरेका छन् । उनले भ्रष्टाचार बिरुद्धमा कडा रुपमा बोल्नेमात्र नभएर समाजमा देखिएका असमानताका बिरुद्धमा खरो रुपमा बोल्ने गरेका छन् । नेता गुरुङले प्रधानमन्त्री र अन्य देशलाई बिगार्ने सिजम्मेवार नेतालाई व्यंग्य गर्दै उक्त भनाई राखेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।  उनले सामाजिक सञ्जालमा आज ट्वीट गर्दै ब्यंग्यात्मक रुपमा भनेका छन्, ‘

‘जुवा खेलौं’
जीत तिम्रो या मेरो हुने,
हार्दा देशले हार्ने,
जनताले हार्ने,
तिमी र म दुबैले नहार्ने!
तिमीलाई थाहै छ,
लेण्डुपले जुवा खेल्यो,‘
‘सिक्किम’
देशले हार्यो,
सिक्किमी जनताले हार्यो,
तर
लेण्डुपले जुवा जीत्यो।
आखिर हामी पनि जुवाडे नै हौं।
त्यसैले
हामी पनि त्यस्तै जुवा खेलौं!’