सामाजिक सञ्जाल

किशोरको प्रश्नः काँग्रेसले प्रचण्डसंग पहिला पनि सहकार्य गरेको हो, अव के का लागि?

१६ फागुन, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले नेपाली काँग्रेसको अब सम्भावित सहकार्य के का लागि हो ? भन्दै प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै कांग्रेसले कम्युनिष्टसंग सहकार्य गरेकै हो नि भन्ने स्मरण गराउँदै उक्त प्रश्न सोधेका छन् । उनले उहिले प्रचण्डले संयुक्त सरकारको नेतृत्वगर्दा जयबहादुर चन्दलाई आइजीपी बनाउने आदेश दिएकै हुन सभापति देउवाले भन्दै जयबहादुरलाई आइजीपी बनाउन बिमलेन्द्रले नै मानेनन् भन्ने यस भन्दा अगाडी काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको चर्चित आईजीपी काण्डलाई सम्झाएका छन् । बरिष्ठ पत्रकार नेपालले प्रचण्डसँग सहकार्य गर्दा राम्रो हुने सम्भावना नभएकोले काँग्रेसले कुनैपनि दलसँग सम्झौता गरी सरकार बनाउदा ध्यान पुर्याउनुपर्ने सल्लाहदिएको संकेत हो ।
नेपालको ट्वीटः कांग्रेसले कम्युनिष्टसंग सहकार्य गरेकै हो नि । उहिले प्रचण्डले संयुक्त सरकारको नेतृत्वगर्दा जयबहादुर चन्दलाई आइजीपी बनाउने आदेश दिएकै हुन सभापति देउवाले । जयबहादुरलाई आइजीपी बनाउन बिमलेन्द्रले नै मानेनन । अब सम्भावित सहकार्य के का लागि हो ?