खेलकुद

शहीद स्मारक ’बी’ डिभिजन लिगः बाँसबारी बराबरीमा रोकियो

१५ फागुन, काठमाडौं । शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो ।
खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा प्रवेश गर्ने मौका गुमाएको छ । बाँसबारीेले सात खेलमा १५ अङ्क जोडेको छ । श्री कुमारी सात खेलमा सात अङ्क जोड्दै लिगको आठौँ स्थानमा छ ।