राजनीति

इश्वर पोख्रेलको प्रश्नः संसदको सर्वोच्चतालाई मानेर सामना गर्ने कुरा गर्दा केको आपत्ति?

१५ फागुन, काठमाडौं । नेकपा नेता एबम् उपप्रधानमन्त्री इश्वर पोख्रेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति!? भनेर प्रश्न गरेका छन् ।
उपप्रधानमन्त्री पोख्रेलले मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको स्मरण गर्दै उक्त प्रश्न गरेका हुन् ।
उनले यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? भन्दै अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिएको बताएका छन् । ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गरेको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको स्मरण गरेका छन् ।
उपप्रधानमन्त्री पोख्रेलको स्टाटस्ः ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गरेको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उनले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिएका थिए। मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएका थिए । यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दवाव दिइरहेका छन् !! यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति!?