पु.समाचार

तेस्रो झण्डा मेला महोत्सव शुरु

१५ फागुन, लहान । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आजदेखि तेस्रो झण्डा मेला महोत्सव शुरु भएको छ । ‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको झण्डा मेला महोत्सवको प्रतिनिधिसभाका सदस्य सुरेशचन्द्र दास यादव, पूर्वमन्त्री विश्वनाथ साह, रामचन्द्र यादव, रामकुमार यादव, अजयशङ्कर नायकलगायतले संयुक्तरूपमा उद्घाटन गरे ।

सो अवसरमा स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै कृषि उत्पादन प्रवद्र्धन गर्न महोत्सव फलदायी बन्ने विश्वास व्यक्त गरियो । सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजना शुरु भएको महोत्सव फागुन २४ गतेसम्म चल्ने छ । महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घारायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

महोत्सवमा बालविवाह, बहुविवाह, दहेजप्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतना कार्यक्रमले यस भेगमा अभिभावकमा धेरै प्रभाव परेको गाउँपालिका अध्यक्ष यादवले बताए । बालविवाह, बहुविवाह, दहेजप्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतनासँगै विशेषगरी स्थानीय कृषि उत्पादन, कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनको व्यवसाय प्रवद्र्धन, विद्यार्थीको क्षमता विकासजस्ता विषयलाई महोत्सवले विशेष जोड दिने जनाएको छ ।

स्थानीय कला संस्कृति, हस्तकला, विद्यार्थीको वैज्ञानिक आविष्कार, गाउँपालिकाले गरेका विकास निर्माणको कामलाई जनस्तरसम्म पु¥याउन महोत्सवलाई प्रयोग गरिने अध्यक्ष यादवले बताए । महोत्सवस्थलमा १०० विभिन्न स्टल राखिएको छ । महोत्सवमा सूर्यचन्द्र अङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामाकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनमा पनि टेवा पु¥याउने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा करिब दुई लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ ।