शिक्षा

गुणस्तरीय शिक्षाको हरेक नागरिकमा पहुँच भए केही बर्षमा नै मुलुकले काँचुली फेर्छ

दिपिका खड्का / सिकेर, पढेर, सुनेर अथवा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा ब्यबहारिक बिषयको बोध वा ज्ञान नै शिक्षा हो । शिक्षा मानव जातीको तोस्रो चम्कीलो आँखा भएकाले यसको निकै ठुलो महत्व रहेको छ । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । जुन मार्गमा हामीले मेहेनत गरेर पाईला चाल्यौँ भने हामीले हाम्रो लक्ष्य चुम्न सक्छौँ । शिक्षा ग्रहणको लागि कुनै पनि जात, धर्म, लिङ्ग वा उमेरले छेक्दैन । अहिलेको एकाईसौँ शताब्दीमा शिक्षा एकदमै महत्वपुर्ण कडीको रुपमा रहेको छ । अशिक्षाको कारणले गर्दा कतिपय मानिसहरु बिदेशिनु परेको छ । अशिक्षाको कारणले धेरै नेपालीहरु बेरोजगारीको चपेटामा परेका छन् । सुन्दर सपना बेकेर बिदेशिएका ति कतिपय नेपाली नागरिक लास बनेर बाकसमा फर्किनु परेको छ । हाम्रो देश नेपालमा हेर्ने हो भने शिक्षा प्रणाली भिन्न प्रकारको रहेको छ । कतिपय क्षेत्रमा अहिलेसम्म बिद्यालय नै निर्माण भएका छैनन् । शिक्षाको पहुँच भएको ठाँउमा पनि परम्परागत मान्यता, अन्धबिश्वासको कारण सबै मानिसले शिक्षा पाएका छैनन् । नेपालको कतिपय ग्रामीण क्षेत्रमा त छोराले पढ्न पाउने र छोरीले चैं घरको काम गर्नुपर्ने मान्यता अझै पनि कायम नै रहेको छ । यस्ता ठाउँहरुमा सरकारले शिक्षाको जनचेतनाहरु फैलाएर अन्धबिश्वासलाई समाजबाट हटाउनु पर्दछ । एउटा मानिसलाई असल ब्यक्ती बनाउनको लागि शिक्षाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । एउटा असल ब्यक्ती, असल परिवार, असल समाज र असल राष्ट्र निर्माण गर्नको लागि शिक्षा एकदमै आवश्यक हुन्छ । मानव जिवनको जति मुल्य छ त्यती नै शिक्षाको महत्व अहिलेको २१ औ शताब्दीको युगमा रहेको छ । शिक्षा यस्तो चिज हो जुन चिज जति बढ्यो त्यती नै बढ्दै जान्छ । अन्धबिश्वासमा अल्झेर बसेको मानिस कहिलै पनि उन्नती गर्न सक्दैन र अरुले गरेका कामलाई पनि नराम्रो भन्दै हिड्छन् । नारी पुरुष दुबै शिक्षित भए मात्रै समाज वा देशको उन्नती हुन्छ । नारीले पनि पुरुष सरह पढ्न पाउनु पर्छ भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।
शिक्षा मानिसको अभुषण गहना हो । एक अशिक्षित ब्यक्तिलाई जीवनका केहि पक्षहरुको सामना गर्न गाह्रो हुन्छ । यसले समाजमा मानिसको ईज्जत मान प्रतिष्ठा बढाउँछ । अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भएपनि उसले भित्री मनको सुख प्राप्त गर्न सक्दैन । बिद्यालयको शिक्षा जिवनको महत्वपुर्ण शिक्षाको रुपमा लिन्छौँ त्यसैले शिक्षालाई तिन भागमा बिभाजन गरिएको छ, प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र उच्च माध्यमिक शिक्षा गरी शिक्षालाई तिन भागमा बिभाजन गरिएको छ । यि सबै शिक्षाको सबै स्तरहरुले आफ्नै छुट्टै महत्व र बिशेष स्थानको सृजना गरिरहेका छन् । जीवनमा सफलता प्राप्त गर्न अथवा केहि अलग गर्नका निम्ती शिक्षा एउटा महत्वपुर्ण साधन हो । यसले जीवनको कठिन समयमा चुनौतीहरुसंग लड्न सहायता गर्दछ । शिक्षाले हाम्रो जिवनको लागि अपार सम्भावनाहरुको ढोका खोली रहेको हुन्छ जसबाट असल क्यारियरको बिकास सृजना हुन्छ । हरेक बिषयका बारेमा जान्ने बुझ्ने तीव्र ईच्छा वा चाहाना मानिसमा रहेको हुन्छ । यस्तो चाहाना राख्नु मानविय स्वभाव नै हो । मानिस जन्मेदेखि मृत्यु नहुन्जेल सम्म उसको शिक्षा आर्जन गर्ने क्रम चालु भईरहन्छ । मानिसले बालकालमा अरुका बोलेको सुनेर अथवा बोली रहेको अनुकरण गरेर शिक्षा आर्जन गर्दछ । उसले स्कुल र कलेजबाट औपचारीक शिक्षा पाउँछ । त्यसपछी पनि उसको शिक्षा आर्जन गर्ने कार्य पुरा भईरकेको हुदैन । शिक्षा नै हरेक किसीमको उन्नतीको मुहान भएकाले यसैबाट ब्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नती हुन सक्दछ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारण भएको हो । यसले मानिसलाई भौतिक सुख र आत्मिक सुख दुबै प्रदान गर्दछ । शिक्षाले नै ब्यक्ति, जाती र राष्ट्रको उन्नतिमा ठुलो टेवा पुुर्याउने भएकाले यसको सबैभन्दा माथी छ । शिक्षा बाट हामीमा आत्मबिश्वासको बिकास हुनुको साथै हाम्रो ब्यक्तीत्वको निर्माणको लागी हाम्रो जीवनको अभिन्न अंग हो । जीवनमा सफलता प्राप्त गर्न अथवा केही गर्नका निम्ती शिक्षा सबैको लागी एउटा महत्वपुर्ण साधन हो । यसले जीवनको कठिन समयमा चुनैतिहरुसंग लड्न सहायता गर्दछ । हरेक क्षेत्रमा शिक्षाको नै महत्व रहेको हुन्छ । अहिलेको युगमा एउटा समाजमा सम्मानित भएर जिउनको लागि शिक्षाको महत्व रहेको हुन्छ । शिक्षा बिनाको जिवन एउटा दृष्टिबिहीन ब्यक्ति जस्तै हुन्छ । एउटा दृष्टिबिहीन ब्यक्तिसँग सबै कुरा भएता पनि उसँग एउटा मात्र कमजोरी हुन्छ त्यो हो आँखा ।
अर्कोतर्फ, प्रमाणपत्र बटुल्ने कार्य मात्र शिक्षीत हुनु होईन । गुणस्तरीय शिक्षा हाँसिल गरेर देश समाज अथवा कुनै क्षेत्रको बिकास गर्नु नै शिक्षाको उदेश्य हो । गुणस्तरीय शिक्षा आर्थिक बिकासको मुल आधार हो । असल खराब छुट्याउन सक्ने विबेक प्रदान गर्ने, सहि निर्णय लिन समक्ष बनाउने, ब्यक्तिको ब्यबहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताका प्रस्फुटन गराउने, इच्छा अनुरुपको प्रतिभा बिकासमा टेवा पुर्याउने आदि कार्य शिक्षाले गर्दछ । शिक्षाले मानिसलाई बिबेकशिल बनाउँदछ । असल शिक्षा हाँसिल गरेर हाम्रो देशलाई बिकासको बाटोतर्फ लम्काउनु पर्दछ । बिभिन्न देशहरु जस्तैः अमेरीका, बेलायत, चिन, अष्टे«लिया लगायत देशहरु अहिले उच्च शिक्षाको कारण नै अहिले विश्वको नै उच्च स्थानमा पुगेका छन् । हामीले पढेको कुरालाई जीवनोपयोगी गराउन सकियो भने मात्रै त्यसको दिगो अर्थ रहन सक्छ । बिबेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य छ । सबै पक्षको समानान्तर बिकासको प्रमुख आधार भनेको शिक्षा हो । आजको शिक्षा जुन मात्रामा हुनुपर्थ्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन । दिनानुदिन हाम्रो शिक्षा ब्याबहारिक भन्दा सैद्धन्तिक बढि भएको छ । यद्यपि शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ । तसर्थ पढेका कुराहरुलाई ब्याबहारमा उतार्ने र समय अनुकुल रोजगारमुलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षाको उपलब्धि अर्थपुर्ण मानिन्छ । शिक्षा हामी सबैको भबिष्यको लागी अत्यन्त आवश्यक साधन हो ।
आधुनिक शिक्षा प्रणालीबाट अशिक्षा र समानताको कालो पर्दालाई हटाएर बिभिन्न जात जाती, धर्म संस्कृति लगायत कुराहरुमा समान शिक्षाको सिर्जना गर्नुपर्दछ र यसबाट असल घर, परिवार, समाज अनी राष्ट्रको निर्माण हुन्छ । अहिले फेरि शिक्षाक नाममा महंगा महंगा स्कुल कलेजहरु ख्ुलेका छन्, महंगा स्कुल कलmेज बढेर वा छोराछोरीलाई पढाएर ठुला मानिश वा शिक्षित मानिस बन्ने वा भनाईने भन्ने होईन । सरकारले नै शिक्षालाई डिग्रीसम्म नै निशुल्क गरेर सबै प्रकारका बिद्यार्थिलाई मन लागेजति पढ्न पाउने ब्यवथा गर्नुपर्ने भएपनि राजनीतिक अस्थिरता र ग्ररजिम्मेवार सरकारका कारण शिक्षा व्यवहारिक, देश सुहाउँदो, बैज्ञानिक र जनताप्रमी हुन सकेको छैन । शिक्षामा र स्वास्थ्यमा जताततै लुट छ भन्ने आरोप लाग्दा पनि शिक्षा मन्त्रालयलगायतका शिक्षासम्बन्धी सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् जसका बापदुत नेपाली जनता शिक्षामा पहुँच हुन बाट बाध्य छन् भने कतिपय आर्थिक रुपपा सक्षम नेपाल्ी गुणस्तरीय शिक्षाका लागि बैदेशिक्ष अध्ययनका लागि मुलुक बाहिरिन बाध्य छन् ।
स्वदलेशमै गुणस्तरीय शिक्षाका लागि आजैदेखी सरोकारवाला लागेको खण्डमा केही बर्षमा नै नेपालले विकासको काँचुली फेर्न सक्ने कुरा शिक्षाबिदहरुले नै ठोकुवा गरेपनि सरोकारवालाले चासो नदिनु तिन करोड नेपाली जनताको दुर्भाग्य नै भन्नुपर्दछ ।