पु.समाचार

तथ्य र प्रमाणका आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गरेरै छाड्छुः प्रमुख आयुक्त राई

१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आफूले कुनैपनि भ्रष्टाचार गर्ने ब्यक्तीलाई कारकाबाही गरेरै छाड्ने बताएका छन् । प्रमुख आयुक्त राईले आफूले संबिधान, अख्तियार दुरुपयोग अनुसंधान आयोग सम्बन्धी ऐन, भ्रष्टाचार निवारण गर्ने ऐनलाई मध्यनजर गरेर कानून बमोजीम जुनसुकै ओहदाको ब्यक्ती भएपनि कारबाही गर्न नहिच्किचाउने बताए ।
घट्टेकुलो समाजले गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयाुक्त राइले नागरिक समाज, जनताको भावना अनुसार मुलुकमा धेरै भ्रष्टाचार भएको आक्रोश भएको र त्यसमा बिधि, प्रकृया र कानूनले उठाएमा तत्थ र प्रमाणका आधारमा कुनैपनि भ्रष्टाचारीलाई नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।