विचार/ब्लग

प्रचण्ड तिमी भारतीय दलाल होलाउ तर काँग्रेसलाई लगाएको आरोप फिर्ता लेउ

बाबुराम आचार्य/फागुन ११ गते सर्बोच्च अदालतका पाँच जना न्यायधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटन असंबैधानिक भन्दै पुनःबहाली गर्ने निर्णय गर्यो ।
पौष ५ गते गरेको संसद बिघटन सिफारिसलगत्तै केहीबेरमा नै राष्ट्रपति बिद्यादेवी भण्डारीले सदर गररेपछि १३ जना व्यक्तीहरुले संसद बिघटन असंबैधानिक भन्न आग्रह गर्दै पुनःबहालीका लागि हालिएको निबेदनको फैसला सर्बोच्च अदालतले दुई महिला ६ दिनका दिन सुनाउँदै संसद पुनःस्थापना गर्दै १० दिनभित्र संसद बैठक बोलाउन मागसमेत गर्यो ।
नेकपाको दुई तिहाईको प्रधानमन्त्री बनेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट हुँदै अर्का अध्यक्ष पुष्प कमल दहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले अध्यक्ष ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट केहीदिनमा नै हटाए । त्यसलगत्तै नेकपा बरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको अर्को अध्यक्ष बनाईयो । नेकपा दहाल–नेपाल पक्षको संसदीय दलको नेतामा दहाल आफैं बसे ।
ओली अनि दहाल–नेपाल पक्षको वडास्तरसम्म नै एकआर्कालाई दोषारोपण गर्दै गालीगलौज गर्ने कार्य पौष ५ भन्दा अगाडी नै शुरु भएपनि पछिल्लो समयमा भने अराजनीतिक, अनैतिक प्रकारका लागीजलौज हुँदा नेकपाका इमान्दार नेता कार्यकर्तामात्र नभएर राजनीतिमा चासो राख्ने सर्बसाधारणसमेत दिक्क हुँदै राजनीतिप्रति नै घृणा जागेको बताउन थालेका छन् ।
२०७५ सालमा औपचारिक रुपमा एकीकरण भएको नेकपाको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनको बेलाको समयको एकीकरणको शुरुवाती नै अरानीतिक र अदुरदर्शी भएको बिश्लेशण राजनीतिक बृतमा भएको थियो । राजनीतिक बृतमा नेपाली काँग्रेसका कतिपय नेताहरुलेसमेत दुइ नेकपाबिचको एकीकरणले भबिश्वमा गमभीर दुर्घटना निम्तिने बताएका थिए ।
स्थानीय तहमा नेपाली काँग्रेससंग सहकार्य गरेर निर्बाचन लडेको नेकपा माओबादी केन्द्रलाई अध्यक्ष पुष्पकमल दहालले प्रदेश र स्थानीय तहको निर्बाचनमा भने नेकपा एमालेसंगको सहकार्य र अन्तमा पार्टी एकीकरण गर्नेसम्मको सहमतीमा ल्याएका थिए । उक्त तीनै निर्बाचनमा नेपाली काँग्रेसले लज्जास्पद हार ब्यहोरेको अवस्थामा नेकपा झण्डै दुई तिहाई पुगेको अवस्थामा उपेन्द्र यादबले नेतृत्व गरेको संघीय समाजबादीलाई पनि मिलाएर दुई दिहाई मतको सरकार बनाउँदै नेपालको इतिहासकै बलियो सरकार र उक्त सरकारका प्रधानमन्त्री बने नेकपा अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली ।
ओली प्रधानमन्त्री बनेको केही दिनमा नै अब नेकपाले ५० बर्ष सत्ता चलाउने, देशलाई काँचुली फेर्ने जस्ता ठूला-ठूला नारा दिँदै काँग्रेसले नेकपा मिल्न खोजेको मन नपराएकोसमेत अध्यक्ष दहालले लगाउँन थालेका थिए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दहाल सरकार बनेको झण्डै दुई बर्ष उनीहरु एउटै मुटुजस्तै गरी कार्यक्रमहरुमा जाने, एउटै भाषा बोल्ने कार्यमा संलग्न देखिए ।
नेपालको संबिधानमा सरकार बनाएको दुई बर्ष प्रधानमन्त्रीको बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता गर्न नपाईने नियम भएबमोजिम अध्यक्ष दहालले कुनै गलत प्रतिकृया नजनाई प्रधानमन्त्री ओलीलाई सघाएको राजनीतिक बृतमा बिस्लेशण गर्दै आईएको छ । अध्यक्ष दहाल र ओलीबीच अढाई अढाई बर्ष प्रधानमन्त्री बन्ने भन्ने गरेको भनिएको सत्ता गठबन्धनसहितको पार्टी एकीकरणको सम्झौता अढाई बर्ष पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मानेनन् । ओलीले नमानेपछि अध्यक्ष दहालले आफूलाई कार्यकारी अध्यक्ष दिए पुरा पाँच बर्षको लागि नै प्रधानमन्त्री चलाउन दिने भनेपछि नेकपाको कार्यकारी अध्यक्षको रुपमा अध्यक्ष दहाल बसे ।
अध्यक्ष दहाललाई कार्यकारी अध्यक्ष दिएपनि पार्टीका बैठक, मिटिङहरुलगायतका कार्यमा अध्यक्ष ओली सकृय रहिरहेपछि अध्यक्ष दहाल रुष्ट बने । अध्यक्ष दहाल र ओलीको मनमोटावले अहिले ५ बर्ष सरकार चलाउन दिएको सरकारको म्याण्डेटको समय संसदपुनmस्थापना भएपछि झण्डै दुई बर्ष बाँकी छ । संसद पुनःस्थापना भएको यस अबधीमा नेकपा दहाल–नेपाल पक्ष, नेपाली काँग्रेसल, जनता समाजबादी दललगायतले नयाँ परिस्थितिअनुसार नयाँ सरकार निर्माणका लागि बिभिन्न छलफलहरु गरेका छन् ।
अध्यक्ष नेपाल–दहालले काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव नै गरिसकेका छन् भने जनता समाजबादी दलका नतोहरुसँग पनि नेकपा दहाल–नेपाल पक्षको भेटघाट भईरहेको छ । काँग्रेस पदाधिकारी बैठकले नेपाल–दहाल पक्षबाट आएको प्रस्तावलाई अस्वीकार गर्दै नेकपा अहिलेसम्म नफुटिसकेकोले अहिले आएका प्रस्तावहरुमा काँग्रेसले निर्णय नगर्ने निर्णय गरिसकेको छ। काँग्रेसले तत्कालका लागि सरकारमा जाने आफूहरुलाई हतार नभएको संकेत गरिसकेको अवस्थामा नेकपाले काँग्रेस सरकारमा जान्छ भन्दै अनुकुल सोचिरहेको अवस्था छ ।
अर्कोतर्फ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला, नेता कृष्ण प्रसाद सिटौलाको समूह नेपाली काँग्रेस यस संकटको घडीका सरकारमा जान नहुने तर्क गरिरहेका छन् । कतिपय संस्थापन पक्षका नेताहरु प्नि काँग्रेस आउने निर्बाचनमा बलियो हुनेतर्फ लाग्नुपर्ने बेलामा नेकपाको गठबन्धन सरकारमा कुनै पनि हालतमा भाग लिन नहुने तर्क गरिरहेको अवस्थामा सरकारको नेतृत्व गर्ने अवशर नै आएपनि काँग्रेसको बहुसंख्यक माथील्लो तहका नेताहरु काँग्रेस सरकारमा जान नहुने बताईरहेका छन् ।
यस्तो बिकशित परिस्थितिमा नेकपा अध्यक्ष पुष्पकमल दहाल भने नेकपा, काँग्रेस र जनता समाजबादी दल भारत र चीनको अनुकुलको भएकोले तीन दल मिलेर सरकार निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताउँदै हिँडेका छन् । अध्यक्ष दहालले एक टेलिभिजन कार्यक्रममा नेपाली काँग्रेस, नेकपा र जनता समाजबादी दल नै भारत र चीनको अनुकुल भएकाले कपी ओली पक्षको नेकपालाई हटाई गठबन्धन सरकार बन्नुपर्ने बिचार राखेको भिडियो भाईरल बनेको छ ।
अध्यक्ष दहालले दिएको उक्त भारत र चीनको अनुकुलको बिचारको बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस वा जनता समाजबादी कुनै पनि राजनीतिक दलले स्पष्ट गरेका छैनन् । नेपाली काँग्रेसको बिषयमा त्यत्रो गम्भीर बिचार राख्ने हैशियत पुष्पकमल दहालसंग काहाँबाट आयो भन्ने प्रश्न नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले राख्न थालेका छन् । अध्यक्ष दहाल नेकपाको पनि नेपाल–दहाल गुटका अध्यक्ष हुन्, अर्को पार्टीको बिषयमा भारत र चीनलाई जोडेर त्यती गम्भीर कुरा गर्नु गलत भएको टिप्पणी राजनीतिक बिश्लेशकहरुले पनि गरिरहेका छन् ।
काँग्रेस कार्यकर्ताहरुले सभापति देउवा र प्रवक्ता बिश्वप्रकाश शर्मातर्फसमेत प्रश्न गर्न थालेका छन् भने संघीय समाजबादी दलका अध्यक्ष उपेन्द्र यादब र राष्ट्रबादी हुँ भन्नै सामाजिक सञ्जालमा पछिल्ला महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा मात्र समय खर्चिरहेका अर्का अध्यक्ष डा बाबुराम भट्टराईले आधिकारिक धारणा नराखेकोमा सिंगो बौद्धिक समाजले प्रश्न उठाउन थालेको छ ।
प्रधानमन्त्रीका लागि दलहरुसँग आन्तरिक गृहकार्य गर्न मिल्ने तर भारत र चीनकै अनुकुल पार्टी काँग्रेस र जनता समाजबादी दल हुन् भनेर भन्न नमिल्ने बरु भन्नै मन लागेमा आफुले नेतृत्व गरेको पार्टी नेकपा भारत, चीन वा अमेरिकाको अनुकुलको हो भनेर भने भन्न मिल्ने तर्क राजनीतिक बृतमा छ । १० बर्ष जनयुद्ध गरेर १७ हजार नेपालीको ज्यान। जनयुद्धका समयमा भारतीय बिस्तारबाद र अमेरिकन साम्राज्यबादको बिरुद्धमा आन्दोलन गरिएको भन्दै हिँड्ने नेताले अहिले आएर भारत र चीनको अनुकुल नेकपा भन्दै हिँड्दा नेकपाका कार्यकर्ताहरुलाई चित्त दुख्नु स्वभाविक भएपनि नेपाली काँग्रेसका कार्यकर्ताहरुको भावनामाथी खेलबाड गर्दै काँग्रेस भारतको अनुकुल भन्दै हिँड्नै पुष्पकमल दहालको बिषयमा बोल्न कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत पार्टीलाई दबाबसमेत दिन थालेका छन् । उक्त दबाबले काँग्रेस पार्टीका कार्यकर्ताहरु नेतृत्वले गरेका गलत कृयाकलापमा खबरदारी गर्न पछि पर्दैनन् भन्ने पनि देखाउछ भने अध्यक्ष दहालजस्ता जे पायो उही बोल्दै हिँड्नेलाई बोल्दा बिचार पुर्याउनुपर्छ भन्ने सवक सिकाउछ भन्ने बिश्लेषण गर्न सकिन्छ ।
अध्यक्ष दहाललाई काँग्रेस भारतको अनुकुल भन्ने भनाई तत्काल फिर्ता लिन भन्दै तिमि भारतीय दहाल होलाउ तर काँग्रेस होईन भन्ने सामाजिक सञ्जालमा काँग्रेस नेता कार्यकर्ताले आक्रोश पोख्न थालेका छन् ।