समाचार

आफ्नै छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

१५ फागुन, काठमाडौं । आफ्नै छोरी बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । कपिलवस्तुमा आफ्नी ५ वर्षकी छोरी बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फागुन ११ गते घरमा आमा नभएको मौका पारी ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु सिवराज नगरपालीका १ दोबाटो निवासी २५ वर्षका बाबु पक्राउ परेका हुन् ।

फागुन १३ गते आमाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिएका छन् ।

पीडितका बाबुलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।