उर्जा

आज काठमाडौंका बिभिन्न स्थानमा ६ घण्टा बत्ति जाने

१५ फागुन, काठमाडौं । आज शनिवार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, पनिका, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरुमा आज ६ घण्टा बत्ती जाने नेपाल विद्युत प्रधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कीर्तिपुर फिडरअन्तर्गत त्रिवि परिसरमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने र अन्य क्षेत्रमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने भएको हो ।