अन्तर्राष्ट्रिय

महामारीका कारण परिवर्तित अन्त्येष्टिसम्बन्धी नियम पूरानै रूपमा

१५ फागुन, एजेन्सी । श्रीलङ्काले शुक्रबार कोरोनाभाइरस सङ्क्रमण भई ज्यान गुमाएका मुसलमान समुदायका नागरिकको अन्त्येष्टिलाई उनीहरूको रीति अनुसार पूर्ववत तरिकाले सम्पन्न गर्ने व्यवस्था गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोलम्बोलाई त्यहाँ रहेको अल्पसंख्यक यस समुदायको अन्त्येष्टिमा सम्मान गर्न आग्रह गरेपछि अन्तेष्टिको यो व्यवस्था भएको हो ।

प्रभावशाली बौद्ध भिक्षुहरूले महामारीबाट ज्यान गुमाएका व्यक्तिहरूको शवलाई जमिनमा गाड्दा पृथ्वीभित्रको जललाई दूषित पार्न सक्ने र भाइरस फैलाउने भनाइ, यद्यपि यसलाई विज्ञहरूले आधारहीन बताएका थिए, पछि सरकारले गत वर्षको अप्रिलदेखि मुसलमान समुदायका शवलाई चिहानमा गाड्ने परम्परालाइ निरन्तरता दिइएको थिएन ।

करिब दुई करोड १० लाख जनसङ्ख्या रहेको दक्षिण एशियाली यस राष्ट्रमा झण्डै १० प्रतिशत जनसङ्ख्या मुसलमान समुदायको रहेको छ । स्वास्थ्यमन्त्री पवित्रा वान्नियारच्चीले लासलाई चिहानमा गाड्न लगाइएको प्रतिबन्ध फुकुवा गरिएको पुष्टि गरेका छन् । यद्यपि उनले प्रतिबन्ध फुकुवा गरिनुको कारण भने उल्लेख गरेका छैनन् ।

श्रीलङ्काली अधिकारीका अनुसार हालै सम्पन्न श्रीलङ्का भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री खानले चिहानसम्बन्धी व्यवस्थालाई खुला गरिदिन श्रीलङ्काली राष्ट्रपति गोतावाय राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षलाई आग्रह गरेका थिए ।

खानको भ्रमणका क्रममा गरिएको एक जुलुसका दर्जनौं प्रदर्शनकारीहरूले श्रीलङ्काको सरकारले इस्लामिक दफन रीतिबारे बेवास्ता गरेको कुरालाई ध्यानाकर्षण गराएका थिए । महामारीबाट ज्यान गुमाएका अल्पसङ्ख्यक मुसलमान समुदायका नीतिबारे सुधारको कदमपछि प्रधानमन्त्री खानले उनका श्रीलङ्काली समकक्षीहरूलाई धन्यवाद दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

“म श्रीलङ्काली सरकारको आधिकारिक अधिसूचनालाई स्वागत गर्दछु जसले कोभिड–१९ मा मर्नेहरूको लागि दफन विकल्पलाई अनुमति दिँदैछ,” खानले ट्विटरमा लेखेका छन् । यस विषयलाई लिएर इस्लामिक समुदायबीचको सहकार्य को लागि ५७ मुलुक सदस्य रहेको संगठनले पनि यसै हप्ता जेनेभामा संयुक्त राष्ट्र संघमा दाहसंस्कार नीतिमा लगाइएको प्रतिबन्धबारे कुरा उठाएको थियो ।