पु.समाचार

मन्त्री परिषद बैठकले गर्यो २३ गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपतिसँग सिफारिस

१४ फागुन, काठमाडौं । आज अपरान्ह बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्री परिषद बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति बिद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
नियमीत बैठकको बारेमा पनि छलफल भएको बताईए पनि पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेपछि परेका १३ वटा मुद्धामा सर्बोच्च अदालतले असंबैधानिक ठहर गर्दै मन्त्रीपरिषद पुनःस्थापना गर्ने भन्दै १० दिनभित्र बैठक बोलाउन निर्देशन दिएपछि ओली सरकारले त्यही बाटोलाई लिएर २३ गते संघीय अधिवेशन आह्वान गरेको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दहाल पक्षले दर्ता गरेको अबिश्वासको प्रस्तावलाई वा नयाँँ दर्ता गरिनेलाई डटेर फेस गरिने बताउँदै पुनः प्रधानमन्त्री केपी शर्मा ओली नै हुने ओली निकट नेकपाको छ । दहाल–नेपाल पक्षीय नेकपाले नेपाली काँग्रेसका सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको नेतृत्व गर्न आग्रह गरिसकेको छ भने नेपाल–दहालले आफूहरु प्रधानमन्त्रीका लागि भन्दा पनि संसद पुनःस्थापनाका लागि आन्दोलन गरेको बताएका थिए ।