प्रदेश 1

बन्ने भयो दुहबिमा डेढ करोडको फोहोर मैला प्रसोधन प्लान्ट

१४ फागुन, दुहबी। सुनसरी को दुहबिमा लगभग डेढ करोड को लागतमा फोहोर मैला प्रसोधन प्लान्ट बन्ने भएको छ। दुहबिको वडा नम्बर ४ मा उक्त प्रसोधन प्लान्ट बन्ने दुहबी नगर पालिका प्रमुख बेद गच्छदार ले वताए।

आज एक कार्यक्रम मा दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र नेपाल सरकार बन तथा बातवरण बिभाग बबरमहल काठमान्डौ का माहानिर्देशक मुकुन्द प्रसाद निरौला ले दुई पक्षीय सम्झौता पत्रमा साझा हस्ताक्षर गरेका छन।

दैनिक १३ देखि १९ टन सम्म फोहोर सन्कलन गरेर त्यस्को प्रसोधन गर्ने लक्ष्य सहित गच्छदार ले लामो समय देखि एकल प्रयास मा यश क्षेत्रको फोहोर लाई मोहर बनाउने सपना देखेका थिए। गच्छदारले सोही योजना अनुसार सन्कलित फोहोर बाट अर्गानिक मल र अन्य उपयोगजन्य समाग्री तयार गरि स्थानिय समुदायलाइ रोजगार साथै कृषक लाई मल उत्पादन मा आत्म निर्भरता कायम राख्ने लक्ष्य रहेको बताए।प्रदेश १ मा झापा र सुनसरी दुई जिल्ला का जम्मा दुई पालिका लाई मात्रै यो योजना परेको त्यस मा दुहबी १ नम्बर मा काम्को लागि छनौट भइ सोहो अनुरुप काम गरेको गच्छदार ले बताए।

दुहबी बिकास का सुत्रधार,युवा मेयर गच्छदारले आफ्नो कार्यकालमा दुहबिले अभिभावकत्त्व महशुस गरोस भन्ने हेतुले वाटर फ्यान पार्क, फुटबल एकेडेमी,रङ्गशाला,स्वास्थ्य चौकी,अस्पताल ,नगरआवास योजना लगायत भौतिक बिकास निर्माणका योजना हरु अगाडि सारेका छन्। यति मात्रै हैन गच्छदारले सामाजिक बिकास लगायत यश क्षेत्र का दलित,जनजाती,बिपन्न ,युवा समुदायलाइ समेटेर दुहबी भौतिक,सामाजिक, आध्यात्मिक सबै खाले बिकासको अग्रगामी योजना अगाडि बढाउदै आएका छन।

फोहोर मैला प्रसोधन प्लान्ट स्थापना भएपछी दुहबी क्षेत्रको फोहोर ब्यावस्थापन मात्रै हैन यश क्षेत्रका नागरिकले नोकरि समेत पाउने हुदा यो योजना दुरगामि भिजनको रहेको गच्छदार ले बताए।