सूचना प्रविधि

 वैदेशिक रोजगारीमा जानेका लागि एनसेलले ल्यायो यस्तो सुवीधा

१४ फाल्गुन, काठमाडौं / एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमाजाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखीविशेष योजना ‘सहयात्रीसिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् ।

यो सिम योजनाशुक्रबार (फाल्गुन १४) बाट संचालनमाआएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

सहयात्रीसिमको उदेश्य वैदेशिक रोजगारीमाजाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारीयात्रामासम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएकाव्यक्तिहरुको यात्रालाई सहजबनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहनमद्दत गर्ने किसिमका छन् । उदाहरणका लागिनेपालमा नै रहेको समयमायहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दतगर्दछ । त्यसैगरी यसमालोकल दरमा नेपालबाट भारतमाकल गर्न सकिने अफर पनि रहेको छ ।

यो सिमग्राहकले कर सहितमात्र ९९ मालिन सक्छन् र सिमसँगै २० मेनब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्ष सम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपालकल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्तहुने १५ मिनेटको रोमिङ् सेवाग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामाप्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कलआयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कमरहेको अवस्थामापनि मिस्ड कलदिन सकिने सुविधा रहेको छ । साथै कुनै पनिभारतीयनम्बरमा लोकलकलको दर कर बाहेक रु १.९९ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यीविशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवाहो ।

यो सिमकाग्राहकले एनसेल जबसप सेवामा एक महिना सम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जब सपप्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् ।

सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वाएनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् । र एनसेलजबस पनिःशुल्क चलाउन सकिने पनि रहेको छ ।

“हामी आफ्ना ग्राहकका आवश्यकता अनुसार सेवा प्रदान गर्नका लागि सधैं उत्तम उपायको खोजीमा रहन्छौं । वैदेशिक रोजगारीमा जानचाहने कामदारको यात्रालाई सहज बनाउन र उनीहरुका परिवारका सदस्यसँग अटुट सम्बन्ध कायम राख्न मद्दत गर्ने विशेष ‘सहयात्रीसिम’ ल्याउन पाएकोमा हामी हर्षित छाैँ । यो योजनाले कामका लागि विदेश जानेहरुलाई नेपालमा रहेका आफ्ना प्रियजनसँग सम्पर्कमा रहिरहन सजिलो बनाउँदछ । सहयात्री सिम सरल भएपनि अर्थपूर्ण र प्रभावशाली छ ।” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्री वास्तवले भने ।

यो सिम सुचारु गरको दोस्रो दिनको मध्य रात सम्ममा गरेको १०० भन्दामाथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्तगर्दछन् । जस्तै कुनै ग्राहकले रु १०० को पहिलो रिचार्ज गरेमा उसले १०० मिनेट एनसेल नेटवर्क भित्रकल गर्न सकिने बोनस टक टाइम र सात दिनको समयसिमा रहेको १०० एमबी डेटा प्राप्तगर्दछ ।
ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवाप्रयोग गर्न सक्छन् । बोनसप्रयोग गर्ने समयावधि ७ दिन रहेको छ । यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कमभएको अवस्थामापनिमलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कलदिन सक्नेछन् । यतिमात्रहैन, यो सिम सुचारु गर्ने ग्राहकले ‘कलआयो पैसा पायो’ योजनामा निःशुल्क सहभागीहुँदै हरेक अन्तराष्ट्रिय आगमनकलमाबोनस प्राप्त गर्न सक्नेछन् ।
यो योजना एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो र आगामी दिनमा एनसेलले ग्राहकका विभिन्न आवश्यकतालाई ध्यानमा राख्दै थपनविन सेवाहरु ल्याउँदै जानेछ ।