स्वास्थ्य

२४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

१४ फागुन, काठमाडौँ / विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेसनमा छन् ।