आर्थिक

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता

१४ फागुन, काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गतवर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।
उक्तसम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्तिरु. बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता”बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।उक्तसंकलित रकमनारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनःनवीकरण गरेको हो ।
सानिमा बैंकको केन्द्रीयकार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रविशाक्यले हस्ताक्षर गरेको छन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए ।
सानिमा बैंकको सातै प्रदेशमाहाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।