आर्थिक

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यु. आर. मय

१४ फागुन, काठमाडौँ । देशका हरेक वर्ग र तहकाग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा. लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेका कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्यु.आर.कोड सेवा सञ्चालनमा ल्याएकाे छ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवाविस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यु आर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो। पोखराको नयाँबजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककाका .मु निर्देशकपुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्तरुपमाउक्त समारोहको समुद्घघाटन गरेका थिए । उक्तकार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्व प्रकाश गौतम तथा सृजना कार्र्कीको पनि उपस्थिती रहेको थियो।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामानकिन्नजाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

उक्तकार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंककाका.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युगभएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानि मार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।

ग्राहकले क्युआर कोड सेवानिशुल्कप्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पमानवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आममानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्यु आर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थानवा प्रतिष्ठानहरूको सङ्ख्याकरिब ९००० पुगेको छ । उक्तकार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंककाप्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायीतथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपालीकर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।