आर्थिक

पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ

१४ फागुन, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (QR CODE) विस्तारित गर्नेक्रममा श्री पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ QR CODE को सेवा फाल्गुण १४ गते शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका सम्माननीय गभर्नर  महाप्रसाद अधिकारीबाट समुद्घाटन भएको हो । उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको शुभारम्भमा सम्माननीय गभर्नर महाप्रसाद अधिकारीले डिजिटल दान पेटिकाको QR Code स्क्यान गरी पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी समुद्घाटन गरे ।
उक्त कार्यक्रममा सम्बोधन गद नेपाल राष्ट्र बैंकका सम्माननीय गभर्नर महाप्रसाद अधिकारीले अब उपरान्त पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र श्री पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे । साथै, कार्यक्रमका प्रमुख अतिथि रहेका महाप्रसाद अधिकारीले नगद रहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।
साथै, उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालज्यूले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा गरे ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।