पु.समाचार

खोटाङका साँसद बिशाल भट्टराईलाई ओलीले बनाए प्रमुख सचेतक, हटाईए प्रचण्ड निकट गुरुङ

१४ फागुन, काडमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले प्रमुख सचेतक देव गुरुङलाई हटाएर खोटाङका साँसद बिशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दहाल निकट गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाईएको उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
पौष ५ गते संसद बिघटन सिफारिस गरेपछि अध्यक्ष दहाल–नेपाल पक्ष र अध्यक्ष केपी ओली पक्षीय नेकपाबिच एकले अर्कालाई कारबाही गर्ने र आफु निकटकालाई बिभिन्न पदमा नियुक्त गर्ने कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ।