समाचार

हेमबहादुर मल्ल सम्मान डा. दासलाई प्रदान

१४ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहमा हेम बहादुर मल्ल सम्मान, २०७५ डा. गौरी शंकर लाल दासलाई प्रदान गरे । यो सम्मान २ लाख राशीको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनिय योगदान पु¥याउने महानुभावलाई सम्मान गर्न ख्याती प्राप्त प्र्रशासक एवं व्यवस्थापक स्व. हेमवहादुर मल्लको सम्मानमा यो पुरस्कारको स्थापना गरिएको हो । साल्ट ट्रेडिंग कर्पोरेशनको सौजन्यमा यो सम्मान राष्ट्रपति भवनमा प्रदान गरिएको हो ।

राष्ट्र्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले हेम बहादुर मल्ल सम्मान पाउने डा. दास १६ औं व्यक्ति भएको कुरा बताए । यसैगरी सम्मान छनौंट समितिका संयोजक माधव पौडेलले यस सम्मानका लागि निश्पक्षरुपमा समितिले चयन गर्दा डा.दास छनौंटमा परेकाे कुरा बताए । समारोहमा डा. दासले सम्मानका लागि आभार प्रकट गरे भने साल्ट ट्रेडिंग कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले धन्यवाद ज्ञापन गरेका थिए ।

राष्ट्र्रपति भवनको कार्यक्रमपछि याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दासलाई संघको लोगो प्रदान गर्दै सम्मान प्रकट गरे । सो समारोहमा डा.दासले आफु समाजसेवामा भोगेका अनुभवसहितको विशेषकार्यपत्र प्रस्तुत गर्नु भएको थियौ । साथै, समारोहमा प्रा. यशोधा काफले, प्रा. चूडाराज उप्रेती र माधव पौडेलले पनिआआप्mनो मन्तव्य व्यक्त गरेका थिए ।

माता भवानी देवी र पिता जनार्दन लाल दासको ज्येष्ठ सुपुत्रका रूपमा बि.स. १९८२ साल असोज १० गते सिराहाको ईनरुवामा जन्मीका वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दास हाल ९६ वर्षको उमेरमा सामाजिक अभियन्ताको क्षेत्रका एक नक्षत्रको रूपमा चिनिनुहुन्छ । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा विएससी र एमबिविएस गरी सन् १९५६ मा Welsh National School of Medicine af6 TDD (Tubercular Diseases Diploma) र सन् १९५७ मा लण्डनबाट DTMH (Diploma in Tropical Medicine and Hygiene) जस्ता विषयगत विधाको शैक्षिक डिग्री हासिल गरे ।

वि.स. २००९ साल देखि बीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरको रूपमा आफ्नो स्वास्थ्य सेवा आरम्भ गरेका डा. दास वि.स. २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत भए। डा. दासले सन् १९७५/१९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा र विश्व स्वास्थ्य संगठनमा आबद्ध रहि माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गर्नुलाई वहाको उपलब्धी मानिन्छ ।

उनी बि.स.२०३५ देखि २०४७ सालसम्म लोक सेवा आयोगको र बि.सं २०५७ देखि २०६२ सम्म राष्ट्रिय मानव अधिकार आयोगको मा. सदस्य भए ।गोरखा दक्षिण वाहु जस्ता विभिन्न उल्लेखनीय मानपदवी र सम्मानबाट बिभूषित डा. दास नेपाल रेडक्रस सोसाईटी, कुष्ठरोग निवारण संस्था, नेपाल दृष्टिबिहिन कल्याण संघ, विपि आई फाउण्डेशन, टिबी एवं छातीरोग विशेषज्ञ चिकित्सकहरुको संघ, नेपाल क्षयरोग निबारण संघ, नेपाल मेडिकल संघ, परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघ, रुद्रराज साहित्य सेवा समिति लगायत दर्जनौं संघ संस्थाहरूको उहां संस्थापक, अध्यक्ष, पदाधिकारी, सल्लाहकारको जिम्मेवारीमा रहेर सक्रिय हुनुहुन्छ ।

पछिल्लो समय डा. दास नेपालका ज्येष्ठ नागरिकको विषयलाई हरेक तह र तप्कामा वकालत गर्ने, सामाजिक मार्गदर्शन एवं पारिवारिक समन्वयकर्ताको रुपमा सर्वपरिचित छन् । उहांले ज्येष्ठ नागरिकहरूको हक–अधिकारको लागि परिवारका सदस्य तथा नागरिकहरू स्वयं सेवामा जुट्नु पर्दछ भन्ने मूल उद्देश्य सहित ज्येष्ठ नागरिकहरूको संरक्षण, सम्बद्र्धन र सशक्तीकरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरूमा बौद्धिक तथा कार्यगत चिन्तन प्रस्तुत गर्दैे आएका छन् । डा. दास वि.स. २०४८ सालमा स्थापित प्रौढ कल्याण संघ नेपालबाट ज्येष्ठ नागरिकको अभियन्ताको यात्रा शुरु गर्नु भई राष्ट्रिय ज्येष्ठ नागरिक संस्था संजाल हुँदै हालको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संस्थापकहरू मध्येको एक हस्ती हुनुुहुन्छ । ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील र कर्तव्यनिष्ठ भई लागी पर्नु भएको उहां हाल यस महासंघ र अल्जाईमर विस्मृत समाज नेपालको निर्वतमान अध्यक्ष र वि.पि. आई फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ ।

यसरी डा. गौरीशंकर लाल दास बहुमुखी प्रतिभाका धनी, समाजसेवी, सदाचारी, उच्चमनोवल भएको सच्चा नेपालको सपुत हुनुहुन्छ । यस्ता विशिष्ट प्रतिभालाई २०७५ सालका दुई लाख धनराशीको हेमबहादुर मल्ल सम्मान पुरस्कार अर्पण गर्न पाउदा नेपाल जनप्रशासन संघले गौरवको अनुभूति गरेको छ ।
यस पूर्ब हेमबहादुर सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देबेन्द्रराज पाण्डे, कुलमान घिसिंग र डा. सन्दुक रुईतसम्मानीत भैसक्नु भएको छ । डा. दास यो सम्मान पाउने सोह्रौ व्यक्ति हुन् ।