राजनीति

पार्टीको आधिकारीक धारणा नेताहरुबाट मात्र बुझौंः प्रवक्ता श्रेष्ठ

१४ फागुन, काठमाडौं । नेकपाका दाहाल–नेपाल समुहका प्रवक्ता नारायणकाजि श्रेष्ठले पार्टीको आधिकारीक धारणा नेताहरुबाट मात्र बझ्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेुसबुकका स्टाटस राख्दै प्रवत्ता श्रेष्ठले सञ्चारमाध्यमबाट नभई नेताहरुकै मुखबाट पार्टीको आधिकारीक धारणा बुझ्नुपर्ने बताएका छन् ।

श्रेष्ठले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले आफुहरु संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा रहेको समेत बताएका छन् ।

नेता श्रेष्ठले सञ्चार माध्यमका आ–आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गर्नुपर्ने भन्दै त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गर्नुपर्ने बताएका छन् ।

उनले सञ्चारमाध्यमको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न नसक्ने र उचित पनि नहुने तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा नभई नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनको स्टाटसः सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं । सञ्चार माध्यमका आ–आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।